Logo

कामना सेवा विकास बैंकको एकै साथ ५२ शाखा उद्घाटन, फुड फर लाईफ नेपाललाई आर्थिक सहयोग

कामना सेवा विकास बैंकको एकै साथ ५२ शाखा उद्घाटन, फुड फर लाईफ नेपाललाई आर्थिक सहयोग



काठमाडौं । कामना सेवा विकास बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा शाखा तथा केन्द्रिय कार्यालय रहेको भवनको उद्घाटन गरेको छ ।

laxmi

अर्थमन्त्री डा. युवराज खतिवडाले एक कार्यक्रमबीच सो भवनको उद्घाटन गरेका हुन । अर्थमन्त्री खतिवडाले सफ्ट ओपनिङ गरी बैंकिङ कारोबार सञ्चालन गरेका ५२ शाखाको समेत विद्युतिय माध्ययमबाट एकैसाथ उद्घाटन गरेका छन ।

बैंकले वार्षिकोत्सवको अवसरमा काठमाडौं लगायत विभिन्न शाखाहरुमा रक्तदान, अन्तरप्रदेश फुट्सल प्रतियोगिता, बृद्ध बृद्धाहरुको निशुल्क आँखा जाँच तथा शल्यक्रियाको व्यवस्थालगायतका कार्यक्रम समेत गरेको छ ।

सोही अबसरमा न्यून आय भएका परिवारका बालबालिका लागि पोषण युक्त खाना खुवाउने काम गर्दै आएको सामाजिक संस्था फुड फर लाईफ नेपाललाई १ लाख १२ हजार ९० रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा अब्बल बैंक बन्न सफल भएको बताउँदै देशको अर्थिक विकासमा टेवा पुर्याउनेमा आफू विश्वस्त रहेको बताए ।

त्यस्तै बैंकले सेयरधनीहरुलाई ६ दशमलब ८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंक सञ्चालक समितिले आर्थिक बर्ष २०७५/०७६ को नाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरि अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले १०३ शाखा तथा ५१ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL