Logo

इन्भेष्टमेन्ट बैंकले घोषणा गर्याे लाभांस, लगानीकर्तालाई १०.५ % बोनस सेयर र ८.५ % नगद

इन्भेष्टमेन्ट बैंकले घोषणा गर्याे लाभांस, लगानीकर्तालाई १०.५ % बोनस सेयर र ८.५ % नगद



काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट बैंकले आफना लगानीकर्तालाई १९ प्रतिशत लाभांस दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांस दिने घोषणा गरेको हो ।

बैंकका अनुसार लगानीकर्ताले बैंकको चुक्ता सेयर पूँजीको १० दशमलव ५ प्रतिशत बोनस सेयर र ८ दशमलव ५ प्रतिशत नगद लाभांस पाउने भएका छन ।

बैंकको हालको सेयर चुक्ता पूँजी १२ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ रहेको छ । जसमध्ये २ अर्ब ४४ करोड ५२ लाख रुपैयाँ बराबरको लाभांस वितरण गर्न लागेको हो । संचालक समितिले गरेको उक्त प्रस्ताव राष्ट्र बैंकको स्वीकृति पश्चात वितरण गरिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL