Logo

बढ्यो प्राईम बैंकको नाफा, ३ महिनामा कमायो ६६ करोड

बढ्यो प्राईम बैंकको नाफा, ३ महिनामा कमायो ६६ करोड



काठमाडौं । प्राईम कमर्सियल बैंकले चालू आर्थिक बर्षको ३ महिनामा आफ्नो नाफामा वृद्धि गरेको छ । बैंकले मंगलबार वित्तीय विवरण प्रकाशित गर्दै ३ महिनामा ६५ करोढ ९७ लाख रुपैयाँ नाफा गरेको जानकारी दिएको छ ।

बैंकको यो नाफा गत आबको सोही अबधिको तुलनामा १३ दशमलव ३८ प्रतिशत अर्थात ७ करोड ७८ लाख रुपैयाँले बढि हुन आउँछ । केही समय अघि मात्र कन्काई विकासलाई प्राप्ती गरी कैलाश विकास बैंक र ललितपुर फाइनान्सलाई प्राप्ती गर्ने प्रक्रियामा रहेको प्राईमको अन्य परिसुचकहरु प्नि आशा लाग्दा रहेका छन् ।

एनएफआरएस प्रणाली अनुसार बैंकको वितरणयोग्य नाफा भने २२ करोड ८८ लाख रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब २० करोड ८५ लाख रुपैयाँ छ । सो अबधिमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ २४ पैसा छ ।

सो अबधिमा बैंकले ७८ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी बैंकले ७९ अर्ब १३ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा बैंकको निष्कृय कर्जा अनुपात १ दशमलव १४ प्रतिशत, पूँजीकोष अनुपात १२ दशमलव ७५ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७ दशमलव ८६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL