Logo

एभरेष्ट बैंक र ट्रानक्विलिटी स्पाबीच सम्झौता, सेवामा ३० प्रतिशत छुट

एभरेष्ट बैंक र ट्रानक्विलिटी स्पाबीच सम्झौता, सेवामा ३० प्रतिशत छुट



काठमाडौं । एभरेष्ट बैंक र ट्रानक्विलिटी स्पाबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले ३० प्रतिशत सम्म छुट पाउने छन ।

सम्झौता अनुसार बैंकका ग्राहकले एटिएम कार्ड वा क्रेडिट कार्ड स्वाइप गरेर प्राप्त अफरहरु समेत लिन सकिने बैंकले जनाएको छ ।

नेपाल तथा विदेशका विभिन्न शहर र लक्जरी होटलहरुमा थुप्रै आउटलेट रहेको ट्रानक्विलिटी स्पाले स्पा तथा वेलनेस इन्डिस्ट्रीमा नेतृत्व गरिरहेको छ ।

हालै क्यामेलस् रेटिङमा बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न समेत सफल भएको छ । बैंकले ९४ शाखा, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL