Logo

महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्सबीच सम्झौता, अनलाईनबाटै कर्जा प्रदान

महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्सबीच सम्झौता, अनलाईनबाटै कर्जा प्रदान



काठमाडौं । महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्स प्रालिबीच सम्झौता भएको छ । सम्झौता अनुसार ऋण ब्यवस्थापन प्रकृया सफ्टवेयरमार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्ने भएको छ ।

बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख रघुनाथ कोइराला र एसबी सोलुसन्सका प्रमुख बिपुल ढकालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

ऋण ब्यवस्थापन प्रकृया मार्फत् बैंकले आन्तरिक ऋण र ऋण फाइलको स्वीकृति प्रकृयालाई स्वचालित र डिजिटाइज गर्न सक्नेछ । यसबाट बैंकलाई ग्राहकको ऋण फाइलसम्बन्धी कामको स्वीकृति र विश्लेषण गर्न सहयोग पुग्नेछ ।

बैंकले छिट्टै अनलाइन लोन इलिजिबिलिटी सर्भिस समेत सुरु गर्ने भएको छ । उक्त सेवा सुरुभएसँगै ग्राहकले अनालइनबाटै ऋणका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL