Logo

बजारमा १ अर्ब ६३ करोड लगानीयोग्य पूँजी पठाउँदै राष्ट्र बैंक, यस्ता छन् सर्त

बजारमा १ अर्ब ६३ करोड लगानीयोग्य पूँजी पठाउँदै राष्ट्र बैंक, यस्ता छन् सर्त



काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा १ अर्ब ६३ करोड ९४ लाख रुपैयाँ बराबरको लगानीयोग्य पूँजी पठाउने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको सो रकम बरारको लगानीयोग्य पूँजी १ बर्षे मुद्दतीमा बजारमा पठाउन लागेको हो ।

laxmi

राष्ट्र बैंकले त्रैमासिक रुपमा व्याज भुक्तानी हुनेगरी क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम मुद्दती खातामा राख्न लागेको हो । जसमध्ये क बर्गका बाणिज्य बैंकमा १ अर्ब ३१ करोड, ख बर्गका विकास बैंकमा २४ करोड ५९ लाख र ग बर्गका फाईनान्स कम्पनीमा ८ करोड १९ लाख रुपैयाँ राख्ने भएको छ ।

उक्त रकममा बोलकबोलका लागि बैंकहरु निश्चित मापदण्डहरु पुरा गर्नुपर्नेछ । विशेषगरी बैंक तथा वित्तीय संस्था संचालनमा आएको २ बर्ष पुरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष रहेको, खराब कर्जा ५ प्रतिशतभन्दा बढि नभएको तथा शीध्र सुधारको कारबाहीमा परेको भए फुकुवा भएको ६ महिना व्यतित भएको हुनुपर्ने छ । उक्त रकममा बोलकबोलका लागि शुक्रबार १ बजेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL