Logo

डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथी छानविन गर्न ३ सदस्यीय समिति गठन, निलम्बनको जिम्मा सरकारलाई

डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथी छानविन गर्न ३ सदस्यीय समिति गठन, निलम्बनको जिम्मा सरकारलाई



काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथी छानविन गर्न ३ सदस्यीय समिति गठन गरेको छ । वित्तीय सन्तुलन विगारेको तथा आर्थिक अनिमियतता गरेको आरोपमा सरकारले डेपुटी गभर्नर श्रेष्ठमाथी छानबिन गर्न निर्देशन दिएसँगै सोमबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिले ३ सदस्यीय छानबिन समिति बनाएको हो ।

laxmi

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीका अनुसार सञ्चालक डा. श्रीराम पौडेलको संयोजकत्वमा उक्त समिनि गठन गरिएको हो । जसमा सञ्चालकहरु रामजी रेग्मी र डा. सुवोधकुमार कर्ण सदस्य रहेका छन् ।

सरकारले दिएको समयसिमा अनुसार छानबिन समितिले एक महिनाभित्र श्रेष्ठमाथी छानविन गरी प्रतिवेदन बुझाउने छ । छानिव समिति गठनसँगै श्रेष्ठ निलम्बनमा पर्ने व्यवस्था रहेको छ । तर उनलाई निलम्बन गर्ने वा नगर्ने भन्ने जिम्मा सरकारलाई नै दिईएको शिवाकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL