Logo

डेपुटी गभर्नर शिवराज श्रेष्ठ माथी वित्तीय स्थायीत्वमा असर पारेको आरोप, आजै निलम्बनमा पर्ने !

डेपुटी गभर्नर शिवराज श्रेष्ठ माथी वित्तीय स्थायीत्वमा असर पारेको आरोप, आजै निलम्बनमा पर्ने !



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा पर्ने भएका छन् । मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई कारवाही गर्नको लागि भनेपछि राष्ट्र बैंकले निम्बन गर्न लागेको हो ।

डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि वित्तीय स्थाईत्वमा गम्भिर असर पर्ने काम गरेको आरोप लागेको छ । मन्त्रिपरिषद्ले निलम्बनको लागि आज उक्त पत्र पठाउँदै छ ।

राष्ट्र बैंकले डेपुटी गभर्नरमाथि लागेको आरोप छानबिन गर्नको लागि समिति गठन गर्नुपर्ने छ । समिति गठन हुनासाथ आरोप लागेको व्यक्ति स्वत पदबाट निलम्बन हुने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकको ऐनको दफा २२ मा डेपुटी गभर्नर तथा संचालकहरु पदमुक्त हुने व्यवस्था राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL