Logo

दोब्बरले बढ्यो मुद्रास्फिती, खाद्यान्नको मूल्यमा अत्याधिक वृद्धि

दोब्बरले बढ्यो मुद्रास्फिती, खाद्यान्नको मूल्यमा अत्याधिक वृद्धि



काठमाडौं । चालु आर्थिक बर्षको २ महिनामा मुद्रास्फिती बढेर ६ दशमलव १६ प्रतिशतमा पुगेको छ । गत आर्थिक बर्षको २ महिनामा ३ दशमलव ९ प्रतिशत रहेको मुद्रास्फिती चालु आर्थिक बर्ष बढेर ६ दशमलव १६ प्रतिशत पुगेको हो ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको भदौसम्मको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक बर्षको सोही अबधिको तुलनामा मूल्य वृद्धि करिव दोब्बरले बढेको हो ।

तथ्याङ्क अनुसार चालु अर्थिक बर्षको पहिलो २ महिनाको औसत मुद्रास्फिती भने ६ दशमलव ५६ प्रतिशत रहेको छ । चालु आर्थिक बर्षको २ महिनामा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा तरकारी, फलफुल, मासु तथा माछाको मूल्य अत्याधिक बढेको छ ।

गत बर्ष खाद्य तथा पेय पदार्थको मुद्रास्फिती १ दशमलव ८ प्रतिशत रहेको थियो । तर चालु आर्थिक बर्षको २ महिनामा उक्त समुहको मुद्रास्फिती बढेर ६ दशमलव ५१ प्रतिशत पुगेको छ ।

यस्तै चालु आवको २ महिनामा गत बर्षको तुलनामा गैर खाद्य बस्तुको मुद्रास्फिती भने वृद्धि भएको छैन । चालु आवको २ महिनामा गैरखाद्य बस्तुको मुद्रास्फिती ५ दशमलव ८९ प्रतिशत पुगेको छ । जहा गत बर्षको सोही अवधिमा यसको मुद्रास्फिती ५ दशमलव ८ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL