Logo

चितवनमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर, ग्राहकलाई जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज

चितवनमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर, ग्राहकलाई जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज



काठमाडौं । प्रभु बैंकले चितवन जिल्ला प्रशासनको कार्यालयमा आफ्नो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले गत सोमबार भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा उक्त काउन्टर संचालनमा ल्याएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले एक समारोहका विच उक्त काउन्ज्टरको उद्घाटन गरेका हुन ।

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गर्न सक्नेछन । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ ।

बैंकले हाल १ सय ९६ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटिएम, ३५ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ सेवामार्फत सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL