Logo

एनआईसी एशिया र संस्कृति इन्फोएज बीच सम्झौता, हवाई टिकट बुक गर्दा क्यासब्याक

एनआईसी एशिया र संस्कृति इन्फोएज बीच सम्झौता, हवाई टिकट बुक गर्दा क्यासब्याक



काठमाडौं । एनआईसी एशिया बैंक र संस्कृति इन्फोएज प्रालि बीच सम्झौता भएको छ । आईतबार तिहार र छठको अवसरमा बैंकका ग्राहकहरुलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडानको हवाई टिकटमा क्यासब्याक दिनेगरी उक्त सम्झौता भएको हो ।

laxmi

सम्झौता बमोजिम बैंकका ग्राहकहरुले एनआईसी एशियाको इन्टरनेट बैकिङ, मोबाइल बैकिङ र कनेक्ट आईपीएस प्रयोग गरी माईट्रिपटु नेपाल डट कमबाट अन्तर्राष्ट्रिय हवाई टिकट बुक गर्दा ५ सय रुपैयाँ क्यासब्याक तथा आन्तरिक हवाई टिकट बुक गर्दा ३ सय रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्नेछन ।

उक्त क्यासब्याक सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले आन्तरिक उडानका लागि ‘एनआईसीएनेपाल’, भारतका लागि ‘एनआईसीए’ अन्य अन्तर्राष्ट्रिय उडानका लागि ‘एनआईसीएशिया’ प्रोमो कोड बुकिङका क्रममा प्रयोग गर्नु पर्नेछ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र संस्कृति इन्फोएजका बिजनेश डेभलपमेन्ट डाइरेक्टर आशिष जजोडियाले हस्ताक्षर गरेका हुन ।

२०७६ कात्र्तिक २ देखि कात्र्तिक १६ गतेसम्म लागू हुने उक्त योजनाबाट तिहार तथा छठ पर्वमा आन्तरिक या वाह्य उडान भर्ने बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL