Logo

३ अर्बको ऋणपत्र जारी गर्दै सनराईज बैंक, ३ लाख कित्तासम्म आवेदन दिन पाईने

३ अर्बको ऋणपत्र जारी गर्दै सनराईज बैंक, ३ लाख कित्तासम्म आवेदन दिन पाईने



काठमाडौं । सनराईज बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । धितोपत्र बोर्डले ३ अर्ब बराबरको ऋणपत्र जारी गर्न स्विकृति दिएसँगै बैंकले उक्त ऋणपत्र निष्काशन गर्न लागेको हो ।

बैंकले १ हजार रुपैयाँ दरको ७ वर्ष भुक्तानी अवधि भएको वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्धवार्षिक रmपमा भुक्तानी गर्नेगरी उक्त ऋणपत्र निश्काषन गर्न लागेको हो ।

उक्त ३ अर्ब मध्ये १२ लाख कित्ता बराबरको १ अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्ने भएको छ । यस्तै १८ लाख कित्ता बराबरको १ अर्ब ८० करोड रुपैयाँको ऋणपत्र परिपत्र विधिबाट संस्थागत रुपमा विक्री गर्नै बैंकले जानकारी दिएको छ ।

उक्त ऋणपत्रमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागी आवेदन गर्न पाउनेछन । तर व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सिमा नलाग्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL