Logo

सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्र लाल श्रेष्ठ, बैंकिङ क्षेत्रमा २० बर्षे अनुभव

सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्र लाल श्रेष्ठ, बैंकिङ क्षेत्रमा २० बर्षे अनुभव



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बैंकको कम्पनी सचिवमा राजेन्द्र लाल श्रेष्ठलाई नियुक्त गरेको छ ।

laxmi

बैंक संचालक समितिको ३१६ औं बैठकले श्रेष्ठलाई कात्तिक १ गतेदेखि नै लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । करिव २० वर्ष देखि बैंकिङ क्षेत्रमा काम गर्दै आएका श्रेष्ठले स्थापनाकाल देखिनै बिभिन्न पदमा रहि काम गर्दै आएका छन ।

शाखा संचालन, ट्रेड प्रसाशन, जोखिम व्यवस्थापन तथा ऋण असुलीलगायतका क्षेत्रमा उनको दक्षता रहेको छ । हाल श्रेष्ठ बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आईरहेका छन ।

बैंकले ८४ शाखा, ७९ एटिएम र १०२ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL