Logo

मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सम्झौता, मुक्तिनाथ रेमिटमार्फत रकम प्राप्त गर्न सकिने

मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सम्झौता, मुक्तिनाथ रेमिटमार्फत रकम प्राप्त गर्न सकिने



काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सम्झौता भएको छ । सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको सम्पूर्ण शाखामार्फत भुक्तानी गर्न सक्नेछन ।

बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र नेपाल रेमिटका प्रबन्ध निर्देशक सुमित मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ गते देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान समेत सञ्चालन गरिरहेको छ ।

उक्त योजना अन्तरगत १ जनालाई स्कुटी, ३ जनालाई ल्यापटप, ५ जनालाई रेफ्रिजेरेटर, ७ जनालाई ३२’ टिभी, १५ जनालाई स्मार्ट मोबाइल सेट, २० जनालाई प्रेसर कुकर र २५ जनालाई ब्लुटुथ स्पिकर प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL