Logo

एभरेष्ट बैंकले मनायो २५ औं बार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना

एभरेष्ट बैंकले मनायो २५ औं बार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना



काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २५औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकले शुक्रबार लाजिम्पाटस्थीत आफ्नो प्रधान कार्यलयमा नर्भिक इन्टरनेशनल अस्पताल र नेपाल रेड क्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको आयोजना गरेको हो ।

laxmi

बैंकले रक्तदान कार्यक्रम, निशुल्क स्वास्थ्य जाँच तथा नर्भिक अस्पतालका डाक्टर यादव भट्टसँग टक सो कार्यक्रम सञ्चालन गरेको थियो । समारोहमा बोर्ड अफ डिरेक्टर, प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ अधिकारीहरुको उपस्थीति रहेको थियो ।

१ हजारभन्दा बढि मानिसहरुको उपस्थीति रहेको उक्त कार्यक्रममा करिब १ सय जनाले रक्तदान गरेका थिए । सोही कार्यक्रममा, बैंकले स्थापनाकालदेखि नै सेवा पुर्याइरहेका कर्मचारीहरुलाई सम्मानित गरेको छ । यसबाहेक, सबै प्रदेशमा रहेका बैंकका शाखाहरुमा पनि पुराना ग्राहकहरुलाई सम्मान गर्दै केक काटेर २५ औं वार्षिकोत्सव मनाइएको छ ।

हालै बैंकले आफ्ना ९४ शाखा कार्यालयहरु, ३० राजस्व संकलन केन्द्र, १ सय २२ एटिएम तथा विश्वभरका करेश्पोन्डेटमार्फत व्यवसायिक र प्रभावकारी बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL