Logo

एनआईसी एशिया बैंक र वर्ल्डलिङ्कबीच सम्झौता, कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

एनआईसी एशिया बैंक र वर्ल्डलिङ्कबीच सम्झौता, कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक



काठमाडौं । एनआईसी एशिया बैंक र वर्ल्डलिङ्क कम्युनिकेसन्सबीच सम्झौता भएको छ ।

laxmi

सम्झौता बमोजिम बैंकका ग्राहकहरुले २०७६ असोज ३० देखि २०७६ कात्तिक १६ गते सम्म वर्ल्डलिङ्क इन्टरनेट बिल, मोबाइल बैकिङ, डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा ३ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन ।

साथै वर्ल्डलिङ्कका ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वर्ल्डलिङ्कका कुनै पनि आउटलेट तथा शाखाहरुबाट इन्टरनेटको बिल सहजै भुक्तानी गर्न सकिनेछ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वर्ल्डलिङ्कका प्रमुख वित्त अधिकृत संजय कुमार साहले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले ३०१ शाखा, ३७८ एटिएम, ८४ एक्स्टेन्सन काउण्टर एवं ४२ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL