Logo

स्मार्ट कार्ड नेपालले पायो भुक्तानी तथा बचतको अनुमति, स्क्रयाच कार्डमार्फत रकम जम्मा

स्मार्ट कार्ड नेपालले पायो भुक्तानी तथा बचतको अनुमति, स्क्रयाच कार्डमार्फत रकम जम्मा



काठमाडौं । स्मार्ट कार्ड नेपाललाई नेपाल राष्ट्र बैंकले भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमतिपत्र प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार भूक्तानी तथा र्फछ्योड विनियमावली अनुसार कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो ।

२०७१ सालमा स्थापना भएको स्मार्ट कार्ड नेपाल डिजिटल प्रविधीमा आधारित पेमेन्ट एण्ड गेटवे कम्पनी हो । कम्पनीले अत्याधुनिक प्रविधीको प्रिपेड स्क्र्याच कार्ड (स्मार्ट स्क्र्याच कार्ड) र डिजिटल वालेट (स्मार्ट वालेट) को माध्यम बाट सेवा प्रवाह गर्ने जानकारी दिएको छ ।

प्रिपेड स्क्रयाच कार्ड मार्फत बैंक तथा बित्तिय संस्थामा रकम जम्मा गर्न तथा डिजिटल वालेट लोड गरेर आर्थिक कारोवार गर्न सकिने कम्पनीले बताएको छ ।

कम्पनीले सम्पूर्ण प्रयोगकर्तासम्म बित्तीय पहुँच र्पुयाउने, नगद कारोवार लाई क्यास लेस ट्रान्जेक्सनमा प्रोत्साहन गर्ने, सानो(सानो पैसालाई समेत बैंकिङ च्यानलमा ल्याई बचत गर्ने बानीको विकास गराउने र ग्रामीण भेगमा समेत आफ्नो सेवा सञ्चालन गर्ने जानकारी विज्ञप्तिमार्फत दिएको छ । यसको मोबाइल एप्लिकेसन आईओएस र एन्ड्रोइड दुबैमा उपलब्ध छ । यो एप्लिकेसन अफलाइनमा पनि चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL