Logo

मुक्तिनाथ विकास बैंकले किन्यो भिवोर क्यापिटल, ५१ प्रतिशत सेयर लगानीसँगै मुक्तिनाथ क्यापिटलबाट संचालनमा

मुक्तिनाथ विकास बैंकले किन्यो भिवोर क्यापिटल, ५१ प्रतिशत सेयर लगानीसँगै मुक्तिनाथ क्यापिटलबाट संचालनमा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटलमा सेयर लगानी गरेसँगै मुक्तिनाथ क्यापिटल संचालनमा आएको छ । बिहीबार बैंकले भिवोर क्यापिटलको जारी पूँजीमा ५१ प्रतिशत सेयर लगानी गरेसँगै बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटल स्थापना भएको हो ।

laxmi

मुक्तिनाथ विकास बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनको लागि मुक्तिनाथ कृषि कम्पनी र पूँजी बजार ( मर्चेण्ट बैंकिङ ) प्रवद्र्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको छ ।

हाल बैंकले १ सय २३ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ र साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL