Logo

एनआईसी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप बीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा १० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप बीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा १० प्रतिशतसम्म छुट



काठमाडौं । एनआईसी एशिया बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटी बीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंक र कम्पनीबीच एनआईसी एशिया बैंकका ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौता बमोजिम एनआईसी एशिया बैंकका ग्राहकहरुले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीको मुलुकभर रहेका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र सिद्धार्थ बिजनेश ग्रुपको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन ।

उक्त योजनाबाट ग्राहकहरुले मुलुकभर रहेका सिद्धार्थ बिजनेश ग्रुपका २३ वटा होटल तथा रेष्टुरेन्टका आउटलेटहरुबाट अधिकतम् लाभ प्राप्त गर्न सक्नुहुने र डिजिटल भुक्तानीलाई थप प्रवद्र्धन गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL