Logo

सार्वजनिक विदामा पनि बैंक खुल्ने, यस्तो छ राष्ट्र बैंकको निर्देशन

सार्वजनिक विदामा पनि बैंक खुल्ने, यस्तो छ राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक विदाको दिन पनि बैंक खोल्न निर्देशन दिएको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तमा राजस्व संकलन गर्नु पर्ने भएकाले सरकारी आग्रहमा शनिवार र आईतबार बैंक खुला गर्न निर्देशन जारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सरकारले आइतबार चिनियाँ राष्ट्रपति सि जिनपिङको सम्मानमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर उक्त दिन पनि बैंक भने खुला नै रहनेछ ।

बिदाका दिन पनि राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकका राजस्व संकलन सम्बन्धि काउन्टहरु तथा क्लयरिङ सम्बन्धि काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला गर्नु पर्ने उक्त निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL