Logo

दशैं बिदामा एनआईसी एशिया बैंकको सेवा, ११ बजेदेखि २ बजेसम्म कारोबार गर्न सकिने

दशैं बिदामा एनआईसी एशिया बैंकको सेवा, ११ बजेदेखि २ बजेसम्म कारोबार गर्न सकिने



काठमाडौं । एनआईसी एशिया बैंकले दशैं बिदामा समेत सेवा दिने भएको छ । बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै दशैं विदामा समेत विभिन्न शाखामार्फत सेवा दिने भएको छ ।

laxmi

बैंकले काठमाडौं उपत्यकाभित्र सामाखुसी, बालाजु, कमलादी, पुल्चोक, सातदोबाटो, महाराजगञ्ज, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर, थानकोट शाखामार्फत सेवा दिने छन ।

त्यस्तै उपत्यका बाहिर धनगढी–चौराहा, बुटवल, न्यूरोड–पोखरा, नेपालगञ्ज, लेकसाईड–पोखरा, कावासोती, वीरगंज, धनगढी हस्पिटल–लाईन, लाहान, जनकपुर, सिराहा, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, दुलेगांैडा, लिंकरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, ईटहरी, दमक र धरान, चारपाने, नारायणगढ र हेटौंडा शाखामार्फत सेवा दिने भएको छ ।

बैंकले दिने सेवा भने उपत्यकामा अपरान्ह १ बजेदेखि ४ बजेसम्म र अन्य शाखाहरु बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुला रहनेछन् । सो अवधिमा नगद जम्मा र चेक सटहीको सेवा प्रदान गर्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL