Logo

एनआईसी एशिया रेमिटको दशैं तिहार अफर, आन्तरिक रेमिटमा शुल्क नलाग्ने

एनआईसी एशिया रेमिटको दशैं तिहार अफर, आन्तरिक रेमिटमा शुल्क नलाग्ने



काठमाडौं । एनआईसी एशिया बैंकले चाडपर्व लक्षित निशुल्क आन्तरिक रेमिटान्स सेवा संचालनमा ल्याएको छ ।

सो योजना अन्तरगत एनआईसी एशिया रेमिटबाट दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा पैसा पठाउँदा कुनै शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ ।

उक्त विप्रेषण रकम बैंकका सम्पूर्ण शाखामार्फत सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सकिने छ । योजना असोज १४ गतेदेखि कात्तिक १६ गते सम्म रहने बैंकले जानकारी दिएको छ ।

बैंकले ३०१ शाखा, ३६७ एटिएम, ७२ एक्स्टेन्सन काउण्टर एवं ४२ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL