Logo

एनआईसी एशिया बैंककोे दुई शाखा विस्तार, पुग्यो अनामनगर र सौराहा

एनआईसी एशिया बैंककोे दुई शाखा विस्तार, पुग्यो अनामनगर र सौराहा



काठमाडौं । एनआईसी एशिया बैंकले दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको अनामनगर र चितवनको सौराहामा सोमबार शाखा विस्तार गरेको हो ।

laxmi

बैंकले विस्तार गरेको अनामनगर शाखाको लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली तथा सौराहा शाखाको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरेका हुन ।

शाखा विस्तारसँगै सो क्षेत्रका स्थानीयहरुले बैंकिङ सेवा प्राप्त गरी वित्तीय सेवामा थप सहज हुने बैंकको विस्वास रहेको छ । बैंकले ३०१ शाखा, ३६३ एटिएम, ७० एक्स्टेन्सन काउण्टर एवं ४२ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL