Logo

नेपाल बैंकको सिईओमा कृष्ण अधिकारी नियुक्त, १३ जनालाई पछि पार्दै बने उत्कृष्ट

नेपाल बैंकको सिईओमा कृष्ण अधिकारी नियुक्त, १३ जनालाई पछि पार्दै बने उत्कृष्ट



काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादूर अधिकारी नियुक्त भएका छन् । बैंक संचालक समितिको बैंठकले उनले सिईओमा नियुक्त गरेको हो ।

laxmi


बैंकका तत्कालिन सिईओ देवेन्द्रप्रताव शाहको अवकास भएसँगै अधिकारीले डेपुटी सिईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । विगत ६ महिनादेखि डेपुटीको जिम्मेवारी सम्हाल्दै आएका अधिकारीलाई शनिवार बसेको बैंक संचालक समितिको बैंठकले आगामी ४ बर्षको लागि सिईओमा नियुक्त गरेको हो ।

बैंकको सिइओका लागि १४ जनाले आवेदन दिएका थिए । जसमध्ये अन्तिम ४ जना अन्तिम छनौटमा परेका थिए । ४ जनामध्ये ३ जनाले अन्तिम प्रिजेन्टेशनमा भाग लिएको र जसमध्ये उत्कृष्ट अंक ल्याउने अधिकारीलाई सिईओमा नियुक्त गरिएको बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले जानकारी दिए ।

सिईओ अधिकारीको मासिक तलव ३ लाख रुपैयाँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL