Logo

एनआईसी एशिया बैंकका सेयरधनीलाई २१ प्रतिशत लाभांस, साधारणसभाले गर्याे पारित

एनआईसी एशिया बैंकका सेयरधनीलाई २१ प्रतिशत लाभांस, साधारणसभाले गर्याे पारित



काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीलाई २१ प्रतिशत लाभांस दिने भएको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको २२ औं बैठकले सेयरधनीलाई चुक्ता पूँजीको २१ प्रतिशतले हुन आउने १ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ लाभांस पारित गरेको हो ।

बैंकले उक्त लाभांस मध्ये १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांस दिने भएको हो । बैंकको संचालक समितिको बैठकले ८८ करोड ३४ लाख २२ हजार रुपैयाँ बोनस सेयर र ९७ लाख ६४ हजार १४ लाख बराबरको नगद लाभांस दिने जानकारी दिएको छ ।

साधारणसभाले बैंकको पूँजी वृद्धिको प्रस्ताव समेत पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ पुगेको छ । एनआईसी एशिया बैंकमा डिम्याट खाता हुने सेयरधनीलाई शुक्रबारदेखि नै लाभांस भुक्तानी सुरु गरिएको छ । यस्तै बैंकले डिम्याट खाता नहुने सेयरधनीलाई भने तत्काल एनआईसी एशिया क्यापिटलमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL