Logo

सिटिजन्स बैंकको अध्यक्षमा राजनसिंह भण्डारी, संचालकमा पाण्डेको ईन्ट्री

सिटिजन्स बैंकको अध्यक्षमा राजनसिंह भण्डारी, संचालकमा पाण्डेको ईन्ट्री



काठमाडौं । सिटिजन्स बैंकको अध्यक्षमा राजनसिंह भण्डारी चयन भएका छन । शुक्रबार भएको साधारणसभाले उनलाई संचालकमा चयन गरेको थियो । त्यसलगत्तै बसेको बैंक संचालक समितिको बैठकले भण्डारीलाई सर्वसम्मतीले अध्यक्षमा चयन गरेको हो ।

यसैगरी बैंक संचालकहरुमा संस्थापक सेयरधनीको तर्फबाट युवाउद्यमी प्रबलजंग पाण्डे र साजन शर्मा चयन भएका छन । यसैगरी साधारण तर्फबाट सीता कार्की चयन भएकी छिन ।

बैंकको तेह्रौ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५ र ७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम १ करोड ४५ लाख २७ हजार नगद लाभांश र ३ प्रतिशतले हुने रकम २५ करोड ११ लाख बरावरको बोनस सेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL