Logo

राजनसिंह भण्डारी ८ महिनापछि पुनः सिटिजन्स बैंकमा फर्किदै

राजनसिंह भण्डारी ८ महिनापछि पुनः सिटिजन्स बैंकमा फर्किदै



काठमाडौं । ८ महिना अघि सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका राजनसिंह भण्डारी पुन सिटिजन्स बैंकमै फर्किने भएका छन । शुक्रबार हुने बैंकको साधारणसभा र संचालक समितिको निर्वाचनबाट उनी संचालकको रुपमा बैंकमा फर्किने भएका हुन ।

उक्त निर्वाचनका लागि ४ जनाको मात्रै उम्मेदवारी परेपछि उनीलगायत चारै जना संचालक हुने निश्चित भएको छ ।

३ जना प्रोमोटर र १ जना सर्वसाधारणबाट संचालकको उम्मेदवारमा उठाईएको हो । बैंकको साधारणसभा र संचालक समितिको निर्वाचनबाट उक्त ४ जनामध्ये ४ जना नै संचालकमा निर्वाचित हुनेछन । यसअघि उनले १२ बर्षसम्म बैंकको सिईओ पद सम्हालेका थिए ।

बैंकको आज हुने निर्वाचनबाट प्रोमोटरका तर्फबाट डोलराज शर्मा र प्रवलजंग पाण्डे संचालक हुने भएका छन । उनलाई बैंकको संचालक हुँदै अध्यक्षमा नियुक्ती गर्ने कार्यक्रम रहेको बैंक स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL