Logo

प्रभु बैंकको शाखा चितवनको कुरिनटारमा, शाखा संख्या १९६ पुग्यो

प्रभु बैंकको शाखा चितवनको कुरिनटारमा, शाखा संख्या १९६ पुग्यो



काठमाडौं । प्रभु बैंकले चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखासँगै कुल शाखा संख्या १९६ पुगेको छ ।

laxmi

बैंकले संचालनमा ल्याएको उक्त शाखाको इच्छाकामना गाउँँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबीच उद्घाटन गरेकी छिन । शाखा उदेघाटनसँगै गुरुङले बैंकिङ पहुँच नपुगेको ठाउँमा बैंकले शाखा विस्तार गरी सर्वसाधारणलाई सेवा प्रदान गर्न लागेकोमा खुसी ब्यक्त गरेकी छिन ।

कुरिनटार शाखामार्फत अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले १९६ शाखा, ३४ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ सेवा तथा १५२ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
MBL