Logo

जनता बैंकको सामाजिक उत्तरदायित्व, लमजुङको फलेनी माविका २०६ विद्यार्थीलाई झोला वितरण

जनता बैंकको सामाजिक उत्तरदायित्व, लमजुङको फलेनी माविका २०६ विद्यार्थीलाई झोला वितरण



काठमाडौं । जनता बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत विद्यार्थीहरुलाई स्कुल ब्याग वितगरण गरेको छ । बैंकले लमजुङस्थित दोर्दी गाउँपालिकाको फलेनी माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो ।

बैंबकले सो विद्यालयका नर्सरी देखि कक्षा७ सम्मका गरी २ सय ६ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको जानकारी दिएको छ । ४०औं राष्ट्रियशिक्षा दिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यालयमा अयोजित एक कार्यक्रमकाबीच दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका शाखा प्रबन्धक हिराकुमार मोक्तानले विद्यार्थीहरुलाई ब्याग वितरण गरेका हुन् ।

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको सो बैंकले सुरुदेखि नै ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तर विकासको लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिका साथै शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL