Logo

बागलुङ मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर, सेवाग्राहीलाई राजस्व बुझाउन सहज

बागलुङ मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर, सेवाग्राहीलाई राजस्व बुझाउन सहज



काठमाडौं । प्रभु बैंकले बागलुङस्थित मालपोत कार्यालयमा आफ्नो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंले बुधबार एक कार्यक्रमको आयोजना गर्दै बागलुङ्ग नगरपालिकास्थित मालपोत कार्यालय परिसरमा एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको हो ।

बागलुङ मालपोत कार्यालयका कार्यालय प्रमुख केशब राज ढकाल र प्रमुख राजश्व अधिकृत बिष्णु प्रसाद शर्माले एक समारोहका विच संयूक्त रुपमा उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरेका हुन ।

उक्त मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गर्न सक्नेछन ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व जम्मा गर्न सहज हुनुका साथै मालपोत कार्यालयको आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गरेको छ । बैंकले हाल १ सय ९५ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटीएम तथा ३२ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् सेवा प्रवाह गर्दै आईरहेको छ ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL