Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै एनआईसी एशिया, एकै दिन ३ नयाँ शाखा विस्तार

शाखा विस्तारमा एग्रेशिभ हुँदै एनआईसी एशिया, एकै दिन ३ नयाँ शाखा विस्तार



काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन ३ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार विभिन्न कार्यक्रमको आयोजना गर्दै सोलुखुम्बुको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङको दिक्तेलमा उक्त शाखाहरु संचालनमा ल्याएको हो ।

laxmi

बैंकले सञ्चालनमा ल्याएको सोलखुम्बू जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी शाखाको उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गरेका हुन ।

यस्तै कन्चनपुर जिल्ला महाकाली नगरपालिका वडा नं ६, दोधारा चाँदनी शाखाको उद्घाटन महाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनारले गरेका छन । त्यसै गरी खोटाङ जिल्ला दिक्तेल रुपाकोट मझुवागढी शाखाको उद्घाटन रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले गरेका छन ।

बैंकले हाल देशभर २ सय ९८ शाखा कार्यालयहरु, ३ सय ५६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत सेवा दिंदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL