Logo

एक नम्बर बन्ने उद्घोषसहित प्राईम र कन्काईबीच एकिकृत कारोबार, यस्ता छन् बैंकका ४ खम्बा !

एक नम्बर बन्ने उद्घोषसहित प्राईम र कन्काईबीच एकिकृत कारोबार, यस्ता छन् बैंकका ४ खम्बा !



ठमाडौं । प्राईम कमर्सियल बैंक र कन्काई विकास बैंकबीच एकिकृत कारोबार भएको छ । प्राईमले कन्काईलाई गाभे पश्चात आईतबारबाट एकिकृत कारोबार शुभारम्भ भएको हो ।

दुई संस्था एक भएर एकिकृत कारोबार सुरु गरेसँगै प्राईम बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । यसैगरी बैंकको कुल निक्षेप करिव ८८ अर्ब पुगेको छ भने कर्जा प्रबाह ८० अर्ब नजिक पुगेको प्राईम कमर्सियल बैंक मर्जर कमिटिका संयोजक गजेन्द्र विष्टले जानकारी दिए ।

हाल ललितपुुर फाइनान्स र कैलाश विकास बैंकलाई समेत प्राप्ति गर्ने सम्झौता पत्रमा हस्ताक्षर भई निकट भविश्यमै एकिकृत कारोबार गर्ने क्रममा रहेको जानकारी दिँदै यससँगै बैंकको चुक्ता पूँजी १२ अर्ब पुग्ने उनको भनाई थियो ।

साथै बैंकको प्राथमिक पूूं्जी १८ अर्ब रुपैयाँ पुग्नुका साथै शाखा संजाल समेत करिव २ सय पुुगी मुुलुुकको वित्तीय क्षेत्रमा एउटा मजबुुत, सबल र देशकै नम्बरवान वाणिज्य बैंकको रुपमा स्थापित गरिने उनको दावी थियो । बैंकले मर्जर तथा एक्विजिसनलाई प्राथमिकतामा राखी साधारणसभाबाट बैंकले आफ्नो अधिकृत पुँजी २२ अर्ब रुपैयाँ पुर्याइसकेको छ ।

यसैगरी बैंक संचालक समितिका अध्यक्ष राजेन्द्र दाश श्रेष्ठले मर्जर तथा एक्विजिसन गर्ने क्रममा बैंकको मुनाफाको स्थितिमा अझ सकारात्मक असर पुग्ने र सेयरधनीहरुको प्रतिफलमा थप मद्दत पुग्ने रणनीति अवलम्वन गरेका जानकारी दिए । ‘सञ्चालन कुशलतामा हाम्रो तुलनात्मक सामथ्र्य बढी छ,’ उनले भने, ‘यसको लाभ बैंकका चार खम्बा हाम्रा आदरणीय निक्षेपकर्ता, ऋणी, सेयरधनीहरु र कर्मचारीहरुमा वितरण गर्दै आएका छौं ।’

साथै सञ्चालनमा कार्यकुशलता, कम खर्चिलोपना तथा साधन र स्रोतको उच्चतम सदुपयोग गरी उपलब्धिकोे नयाँ अंक हासिल गर्ने तयारी गरिरहेका समेत उनको भनाई थियो । साथै अबका दिनमा कैलाश र ललितपुर फाइनान्सलाई गाभेपछि १२ अर्ब चुक्तापुँजी र १८ अर्बको प्राथमिक पुँजी पुग्ने र त्यसपछि बैंकले आकार र गुणस्तर दुवैका आधारमा नेपालकै नम्बरवान वाणिज्य बैंक बन्ने समेत उनको दावी थियो ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको उत्पादनशील क्षेत्र तथा कृषि क्षेत्रहरुमा प्राथमिकताका साथ लगानी विस्तार गर्ने नीति रहेकोमा यी ३ वटा वित्तीय संस्थाहरुलाई प्राप्ति गरे पश्चात बैंकको पूूंजी र शाखा संजालमा अभिवृद्धि भई सो नीतिलाई सफलतापूूर्वक कार्यान्वयन गर्न सहज श्रेष्ठको विश्वास थियो । साथै प्राप्ति पश्चात बैंकले कर्मचारीहरुलाई विभिन्न तालिम तथा क्षमता अभिबृद्धि गर्ने कार्यक्रमहरु संचालन गरी बैंकका प्रत्येक कर्मचारीहरुलाई क्षमता अनुसारको उचित जिम्मेवारी दिई कर्मचारीको वृत्ति विकासलाई समेत विशेष ध्यान दिइने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL