Logo

संचालक र सिईओलाई थप कडाई गर्दै अर्थमन्त्रीले संसदमा दर्ता गरे बाफिया, सिईओ नियुक्त गर्दा राष्ट्र बैंकको सहमति (पूर्णपाठ सहित)

संचालक र सिईओलाई थप कडाई गर्दै अर्थमन्त्रीले संसदमा दर्ता गरे बाफिया, सिईओ नियुक्त गर्दा राष्ट्र बैंकको सहमति (पूर्णपाठ सहित)



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०७३ लाई संसोधन गर्न बनेको विधेयक संघीय संसदको प्रतिनिधिसभामा दर्ता गराएका छन् ।

उनले बुधबार उक्त विधेयक संसदमा दर्ता गराएका हुन् । बैंक संचालक र प्रमुख कार्यकारी अधिकृतको सम्बन्धमा थप कडाई गर्दै अर्थमन्त्री खतिवडाले उक्त विधेयक संसदमा दर्ता गराएका हुन् ।

अर्थमन्त्रीले पेश गरेको विधेयकमा ६५ बर्ष पुगेका व्यक्ति बैंकको प्रमुख कार्यकारी अधिृकत बन्न नपाउने व्यवस्था गरिएको थियो । यस्तै २५ वर्ष ननाघेको व्यक्ति बैंकको सीइओ बन्न पाउने व्यवस्था मात्र थियो । उक्त विधेयकमा कुनै पनि व्यक्ति एउटै संस्थामा दुई कार्यकाल सिईओ भएर काम गरेपछि स्वतः पद मुक्त हुने छन् भने संचालक समितिले सिईओ नियुक्त गर्दा वा पदमुक्त गर्दा समेत राष्ट्र बैंकको सहमति लिनुपर्ने उल्लेख छ ।

साथै नयाँ व्यवस्था अनुसार कुनै पनि व्यक्ति बैंक तथा वित्तीय संस्थामा लगातार २ कार्यकालभन्दा बढि संचालक हुन पाउने छैनन् । संस्थागत सुशासनको दृष्टिकोणले संचालनको कार्यकाल बढिमा लगातार दुई कार्यकालको व्यवस्था गर्न लागिएको बाफियामा उल्लेख छ ।

[googleapps domain=”drive” dir=”file/d/1nQY_W3CWEAeWllGGutfc_SVpqzcHFmqz/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL