Logo

एनआईसी एशियाको एक्स्टेन्सन काउन्टर ललितपुर जिल्ला अदालतमा, अदालतसँग सम्झौता

एनआईसी एशियाको एक्स्टेन्सन काउन्टर ललितपुर जिल्ला अदालतमा, अदालतसँग सम्झौता



काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुर जिल्ला अदालत परिसरमा आफ्नो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याउने भएको छ । बैंकले लगनखेल स्थित उक्त अदालतमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याउने गरी बैंकले अदालतसँग सम्झौता गरेको हो ।

सो सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरेका हुन ।

ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल २ सय ९८ शाखा कार्यालयहरु, ३ सय ५४ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL