Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, महानगरीय प्रहरी परिसर ललितपुरलाई मोटरसाईकल

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, महानगरीय प्रहरी परिसर ललितपुरलाई मोटरसाईकल



काठमाडौं । सिटिजन्स बैंकले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाईकल हस्तान्तरण गरेको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै उक्त मोटरसाईकल हस्तान्तरण गरेको हो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यामाहा एफ जेड ३ थान मोटर साईकल तथा साँचो हस्तान्तरण गरेको हो । बैंकले हाल ८२ वटा शाखा, ७८ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL