Logo

ज्योति विकास बैंक र सिप्रदी अर्थ मुभर्सबीच सम्झौता, सवारी खरिदमा ७० प्रतिशत कर्जा

ज्योति विकास बैंक र सिप्रदी अर्थ मुभर्सबीच सम्झौता, सवारी खरिदमा ७० प्रतिशत कर्जा



काठमाडौं । ज्योति विकास बैंक र सिप्रदी अर्थ मुभर्सबीच सम्झौता भएको छ । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा सिप्रदी अर्थ मुभर्सका नायब महाप्रबन्धक राजेन्द्र कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि सिप्रदी अर्थ मुभर्सबाट सिफारिस प्राप्त ग्राहकहरुले टाटा हिटाचि सवारी खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सक्नेछन ।

सिफारिस प्राप्त ग्राहकहरुले बैंकको सम्पूर्ण शाखामार्फत उक्त सवारी खरिदका लागि ऋण लिन सक्ने छन । सिप्रदी अर्थ मुभर्सले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा हिटाचि खरिद तथा विक्रि पछिको सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

बैंकले १०२ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ४१ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL