Logo

एशियाली विकास बैंकद्धारा हिमालयन बैंकलाई टिएफपी अवार्ड प्रदान

एशियाली विकास बैंकद्धारा हिमालयन बैंकलाई टिएफपी अवार्ड प्रदान



काठमाडौं । एशियाली विकास बैंक (एडिबि) ले हिमालयन बैंकलाई टिएफपी अवार्ड २०१९ लिडिङ पाट्नर बैंक इन नेपाल प्रदान गरेको छ ।

एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो ।

२०१९ सेप्टेम्बरमा सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स कार्यक्रममा उक्त अवार्ड प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकका महाप्रबन्धक सुशिल जोशी र मुख्य प्रबन्धक सतीश राज जोशीले उक्त अवार्ड लिएको बैंकले जानकारी दिएको छ । साथै बैंकले तेश्रो पटक यो अवार्ड प्राप्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL