Logo

नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, एक बैंकबाट अर्को बैंकको खातामा रकम जम्मा गर्न सकिने

नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, एक बैंकबाट अर्को बैंकको खातामा रकम जम्मा गर्न सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ । उक्त दुई बैंकबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली लागु गर्नका लागि सोमबार सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता पछि ग्राहकले एक बैंकबाट अर्को बैंकको जुन सुकै खातामा रकम भुक्तानी गर्न सक्नेछन । साथै रकम पठाउने ब्यक्तिले बैंकको कुनै पनि शाखामा निवेदन दिएलगतै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ । वाणिज्य बैंकले २३६ शाखा, २०५ एटिएम, ९३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले चालु आर्थिक बर्ष २०७५/०७६ को चौथो त्रैयमास सम्म १ खर्ब ९० अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरि ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL