Logo

ज्योति विकास बैंकको शाखा सिनामंगलमा, विमानस्थलका सेवाग्राहीलाई थप सुविधा

ज्योति विकास बैंकको शाखा सिनामंगलमा, विमानस्थलका सेवाग्राहीलाई थप सुविधा



काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको सिनामंगलमा शाखा संचालनमा ल्याएको छ । त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राज कुमार क्षेत्री तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उक्त शाखाको संयुक्त उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै विमानस्थलका प्रमुख क्षेत्रीले बैंकले विमानस्थल भित्रै शाखा संचालन गरेकाले आम जनतालाई थप सेवा सुविधा पुगेको बताएका छन ।

बैंकले १०२ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ४१ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै चालु आर्थिक बर्ष भित्रै थप २५ स्थानबाट एटिएम सेवा संचालनमा ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL