Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, छात्रवृत्ति कोषका लागि आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, छात्रवृत्ति कोषका लागि आर्थिक सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले पर्यटकिय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई आर्थिक सहयोग गरेका छन । बैंकले उक्त संरक्षण केन्द्र मार्फत कालिकोट सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको हो ।

बैंकले समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवासी विद्यार्थीहरुलाई सि पास भई काठमाडौंमा अध्ययन गर्न चाहने ६ जना विद्यार्थीलाई छात्रवृत्तिको लागि ३ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल गुरुङ्गले कर्णाली प्रदेश पर्यटकिय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेक राज शाहीलाई उक्त रकम हस्तान्तरण गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL