Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई आर्थिक सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकले महेन्द्र रत्न माध्यामिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

बैंकको बिर्तामोड शाखाले उक्त विद्यालयलयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि २ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निकिता गिरीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL