Logo

सिभिल बैंकले ल्यायो एन्यूटी डिपोजिट निक्षेप योजना, एक भन्दा बढी खाता खोल्न सकिने

सिभिल बैंकले ल्यायो एन्यूटी डिपोजिट निक्षेप योजना, एक भन्दा बढी खाता खोल्न सकिने



काठमाडौं । सिभिल बैंकले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना संचालनमा ल्याएको छ ।

बैंकले ल्याएको उक्त योजना बचत र मुद्दतीको समायोजन गरी बनाईएको निक्षेप योजना हो । एन्यूटी डिपोजिट योजनामा बचतकर्ताले निश्चित अवधि तोकी मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र ईच्छाएको रकम सो अवधि पछि एकमुष्ठ प्राप्त गर्न सक्नेछन ।

सिभिल एन्यूटी डिपोजिट अन्तरगत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने छ । न्यूनतम मौज्दात १ हजार रुपैयाँदेखि नै सुरु गर्न मिल्ने उक्त योजनामा व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले संचालन गर्न पाउनेछन ।

एक भन्दा बढी खाता खोल्न मिल्न गरि ल्याएको उक्त योजनामा १ वर्षदेखि ७ वर्षसम्मको अवधि रहने बैंकले जानकारी दिएको छ । आवश्यक परेको वखत ३ महिनापछि यो निक्षेप खाता बन्द गर्न मिल्ने वा, मौज्दात रकमको ६० प्रतिशत सम्म ऋण निकाल्ने सुविधा प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL