Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

laxmi

बैंकले फाउण्डेसनले सुरु गरेको आयोजना गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गरेका हुन ।

हालै मात्र बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कार्तिक ३० गतेसम्म लागू हुने गरी ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान संचालन गरेको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वालगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL