Logo

वित्तीय विवरण कर कार्यालयमा रुजु नगराई ऋण नपाईने, यस्तो छ राष्ट्र बैंकको निर्देशन

वित्तीय विवरण कर कार्यालयमा रुजु नगराई ऋण नपाईने, यस्तो छ राष्ट्र बैंकको निर्देशन



काठमाडौं । अब व्यवसायिक फर्महरुले बैंकबाट ऋण लिन आफ्नो वित्तीय विवरण कर कार्यालयमा रुजु गराउनु पर्नेछ । नेपाल राष्ट्र बैंकले शुक्रबार राजस्व व्यवस्थापन महाशाखाको आग्रहमा क, ख र ग वर्गका बैंकहरुलाई व्यवसायीक फर्म तथा कम्पनीलाई ऋण दिँदा कर कार्यालयमा रुजु गराएको विवरण हेरेर मात्रै ऋण दिन निर्देशन दिएको हो ।

उक्त निर्देशन दिईसकेपछि व्यवसायीले ऋण निकाल्दा फाईदाको र कर तिर्दा घाटाको विवरण देखाउने प्रवृत्ति हट्नेछ । राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी गर्दै आन्तरिक राजस्व कार्यालयले रुजु गरेको विवरण हेरेर मात्रै व्यवसायिक फर्म तथा कम्पनीलाई ऋण दिन क, ख र ग वर्गका बैंकलाई निर्देशन दिएको हो ।

अव व्यवासायीले कर कार्यालयमा बुझाउने वित्तीय विवरण र बैंकमा बुझाउने विवरण एकै किसिमको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL