Logo

अब पीओएस मार्फत भुक्तानी गर्दा अतिरिक्त शुल्क नलाग्ने, शुल्क लागे राष्ट्र बैंकमा सम्पर्क गर्न आग्रह

अब पीओएस मार्फत भुक्तानी गर्दा अतिरिक्त शुल्क नलाग्ने, शुल्क लागे राष्ट्र बैंकमा सम्पर्क गर्न आग्रह



काठमाडौं । अबदेखि पोईन्ट अफ सेल (पीओएस) मार्फत कारोबार गर्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै पीओएस मेशिनमार्फत कारोबार गर्दा अबदेखि अतिरिक्त शुल्क नलाग्ने जानकारी दिएको हो ।

laxmi

बैंकले होटल, सपिङ मल, पसल, डिपार्टमेन्टर स्टोर लगायतका स्थानमा पीओएस मार्फत कारोवार गर्दा कतिपय यस्ता निकायहरुले अतिरिक्त शुल्क लगाउँदै आएका थिए । अब भने राष्ट्र बैंकले नै यसमा कडाई गर्दै अतिरिक्त शुल्क लिन नपाईने व्यवस्था गरेको हो ।

यस्तै राष्ट्र बैंकले यस्ता निकायहरुले अतिरिक्त शुल्क लिएको पाईएमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL