Logo

ई-सेवाबाटै मुक्तिनाथ विकास बैंकमा खाता खोल्न सकिने, बैंकसम्म जाने झन्झटको अन्त्य

ई-सेवाबाटै मुक्तिनाथ विकास बैंकमा खाता खोल्न सकिने, बैंकसम्म जाने झन्झटको अन्त्य



काठमाडौं । मुक्तिनाथ विकास बैंक र ई-सेवा बीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच ई-सेवामार्फत मुक्तिनाथ विकास बैंकको खाता खोल्न मिल्ने गरी उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार ई-सेवाले नियुक्त गरेका एजेन्ट/प्रतिनिधीहरु मार्फत मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्न सकिनेछ । उक्त सम्झौता अन्तर्गत खोलिएका सबै बचत खाताहरुमा पहिलो बर्षको लागि मोवाईल बैंकिङ सेवा निशुल्क उपलब्ध हुनेछ ।

उक्त सम्झौता पश्चात ग्राहक खाता खोल्नका लागि बैंक धाउनु पर्ने अवस्था अन्त्य भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ तथा ई-सेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL