Logo

कामना सेवा विकास बैंक र इष्टर्न एजेन्सीजबीच सम्झौता, आईसरका सवारी खरिदमा बैंकमार्फत कर्जा

कामना सेवा विकास बैंक र इष्टर्न एजेन्सीजबीच सम्झौता, आईसरका सवारी खरिदमा बैंकमार्फत कर्जा



काठमाडौं । कामना सेवा विकास बैंक र इष्टर्न एजेन्सीजबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार इष्टर्न एजेन्सीज मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सम्पूर्ण शाखा मार्फत आईसरका विभिन्न सवारी खरिदमा सरल र सहज रुपमा ऋण लिन पाउने भएका छन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इष्टर्न एजेन्सीजका प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले ९८ शाखा तथा ४५ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै एबीबीएस, एसएमएस बैंकिङ, मोबाईल बैंकिङ तथा सिआश्वालगायत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL