Logo

महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पताल बीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट

महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पताल बीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरसँग सम्झौता गरेको छ । सोमबार एक कार्यक्रमका बीच बैंकका ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गर्नका लागि उक्त सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीपश्रेष्ठले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले नेपालक्यान्सर अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउने छन ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा १० प्रतिशत, रेडियसन थेरापी र बीच थेरापीमा ५ प्रतिशत तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा १० प्रतिशत आकर्षक छुट प्राप्तगर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL