Logo

कामना सेवाको ९८ औं शाखा बागलुङको गलकोटमा

कामना सेवाको ९८ औं शाखा बागलुङको गलकोटमा



काठमाडौं । कामना सेवा विकास बैंकले बागलुङको गलकोटमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखा कार्यालय उद्घाटन गरेको हो ।

बैंकले उक्त शाखा कार्यालय संचालनमा ल्याएसँगै बैंकको शाखा संख्या ९८ पुगेको छ । प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले उक्त शाखाको कारोबार शुभारम्भ गरेका हुन ।

बैंकले हाल नेपालभर ९८ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL