Logo

एनआईसी एशिया रेमिटको दशैंतिहार अफर, विदेशबाट पैसा पठाउँदा १ सयको रिचार्ज

एनआईसी एशिया रेमिटको दशैंतिहार अफर, विदेशबाट पैसा पठाउँदा १ सयको रिचार्ज



काठमाडौं । एनआईसी एशिया बैंकले दशैं तथा तिहारको अवसरमा १ सय मोबाईल रिर्चाज योजना संचालनमा ल्याएको छ ।

बैंकले दिएको जानकारी अनुसार विदेशको जुनसुकै स्थानको वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई १ सय रुपैयाँको मोबाइल रिचार्ज तथा बैंक खातामा रकम पठाउँदा बैंकले खातामा ३ सय ७५ रुपैयाँ बोनस दिने भएको छ ।

विदेशबाट पठाएको उक्त रकम बैंकका सम्पूर्ण शाखा, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ सेवामार्फत पाउन सक्नेछन । यो योजना भने २ महिनाको लागि मात्रै मान्य हुने बैंकले जानकारी दिएको छ ।

बैंकले २९७ शाखा, ३५० एटिएम, ५८ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० अर्ब ८ करोड रुपैयाँ भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङलगायतका स्थानहरुमा शाखा विस्तार गरी कारोबार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL